नेपालीहरुको पर्ब तिहारको लागी , भारत बाट आयको साढे तिनलाखको पटखा नस्ट ,

 

मोरङको विभिन्न स्थानबाट बरामद गरिएको करिब साढे ३ लाख रुपैया बराबरको पटका सशस्त्र प्रहरी बलको ३ नम्बर गणले नष्ट बुधबार गरेको छ।

पटाखा बिक्रीवितरण तथा प्रयोगमा सरकारले प्रतिबन्ध लगाएको छ। सोही क्रममा सशस्त्र प्रहरीले मोरङको विभिन्न स्थानमा चेकजाँचका क्रममा बरामद गरेको हो।

सोही क्रममा ३ नम्बर गणका गणपति प्रहरी उपरीक्षक मनिष थापा, बुढीगंगा गाउँपालिका–१ का अध्यक्ष युवराज पौडेलको रोहबरमा बरामद गरिएका पटाखा नष्ट गरिएको हो।

यस क्रममा १ हजार ५ सय रुपैयाँसम्मको पटाखा रहेको प्रहरीले जनाएको छ। पटाखा प्रहरी कार्यालयकै क्षेत्रभित्र खाल्डो बनाई पुरिएको छ।

विराटनगर र भारतको सीमावर्ती क्षेत्र जोगबनीको बजारमा वडा दसैँ तथा तिहार र छठ पर्वका अवसरमा खुल्ला रुपमा बिक्रीवितरण हुने गरेको छ।

तथापि अवैध रुपमा जोगवनीसँगै अन्य खुल्ला नाकाबाट यो समय करिब १ करोड रुपैयाँ बराबरको पटाखाको कारोबार हुने गरेको बताइन्छ।

यसरी खुल्ला सीमाबाट भित्रिने पटाखाहरु काठमाडौँ लगायत पहाडी बजारसम्म पुग्ने गरेकाले प्रहरीले राजमार्गहरुमा चेकजाँचमा कडाई गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *