एनएमबि बैंकले गत आर्थिक बर्षको मुनाफा बाट आफ्ना शेयरधनिहरुको लागी लाभांश वितरण गर्ने प्रस्ताब स्वीकृत गर्नको लागि पुस् २९ गते बिहान १०:३० बजे कृष्णटावोर बानेश्वर मा आफ्नो २५ औ साधारण सभा बोलाएको छ ।
साधारण सभा मार्फत बैंक को अधिकृत पूजी १६ अर्ब रुपैयाबाट बृद्दी गरि २० अर्ब रुपैया पुराउने र वर्तमान जारी पूजी १४ अर्ब ४४ करोड ७७ लाख ५२ हजार ९ सय ६६ रुपैया बाट बृद्दी गरि १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार ८ सय ५२ रुपैया पुराउने प्रस्ताब पनि पारित गर्दै छ ।
१३ प्रतिशत बोनास शेयर र ३.२ प्रतिशत नगद लाभांश गरि कुल १६.२ प्रतिशत लाभांस पारित गर्न बोलाएको साधारण सभाको लागी पुस १६ गते बुक क्लोज गर्ने भएको छ भने साधारण सभा भर्चुअल माध्यम बाट हुने छ।