अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । याे जानकारी प्रधानमन्त्रीकाे प्रेस सल्लाहकार सूर्य थापाले दिनुभएकाे हाे ।
अर्थ मन्त्रालयमा औपचारिक बिदाइपछि उहाँ सञ्चार मन्त्रालयमा पनि गएर बिदाइ लिनुभयो । त्यसपछि प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउनुभयो । आजै आफ्नो निजी निवास फर्कनुभएकाे थियाे । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिनुभएको हो ।