नेपालको हुण्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.ली ले नयाँ सेडान गाडी हुण्डाई “औरा” सार्वजनिक गरेको छ जसको सुरुवाती मूल्य ३३ लाख ९६ हजार रुपैयाँ मात्र रहेको छ ।
नयाँ सेडान “औरा” अहिलेकै सबैभन्दा शक्तिशाली र सुबिधा युक्त फिचर्स रहेको कम्पनीले जनाएको छ । मध्यम वर्गलाई लछित गर्दै लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.ली ले हुण्डाईकाे ‘औरा’ को सेगमेन्टले निकै बजार ओगट्ने कम्पनिको दावी रहेको छ ।
औरा डिजाइन को हिसाबले राम्रो देखिने जसमा रोबुष्ट स्पोर्टी बम्पर डिजाईन र स्टिाइलिस जेड सेप एलइडी टेल ल्याम्प रहेको छ साथै ट्रंक कभरमा रहेको क्रोम स्ट्रिपको गार्निश र ग्लोसी कालो स्टाइल सोरुप हुण्डाईले यो सबैभन्दा स्टाइलिस सेडान बनाएको छ र टेक्नोलोजीको भरपुर प्रयोग भएको छ ।
इन्टीरियरको कुरा गर्ने हो भने यसमा कार प्ले जस्ता निकै नै आकर्सित अनि कम्फर्ट सेडान गाडी मानिएको छ ।
औरा चार विभिन्न कलर भेरियन्टमा उपलब्ध छ जस्तै फिइरी रेड, टिटान ग्रे, टाईफोन सिल्भर र पोलार ह्वाइट ।
औरा भेरियन्टका फोटो हेर्नु होस्
विस्तृत जानकारीको लागि लिंक मा क्लिक गर्नुहोस् hyundai