२०७५ साल मङ्सिर 6 गते नेपाल राष्ट्र बैंक बाट ‘घ’ बर्गको इजाजत प्राप्त नेपाल लाघुबित्त वित्तीय संस्था लिमिटेड ले रु.१०० का दरले २ करोड ७० लाख रुपैयाँ बराबरको २ लाख ७० हजार कित्ता आईपीओ सर्बशाधरण को लागि चाडैनै निस्काशन गर्ने भयको छ। यस संस्थाले शेयर बिक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
यस संस्था स्थापना देखिनै नाफामा रहेको र आर्थिक बर्ष०७६/७७ मा करिब ४ करोडरुपैया खुद नाफा आर्जन गरेको छ। जगेडा कोष मा 6 करोड ३८ लाख रहेको यस संस्थाको निष्क्रिय कर्जा भने १.४८ प्रतिशत रहेकोछ । यस लघुवित्तको हाल कायम चुक्तापुजी 6 करोड ३० लाख रहेको र आईपीओ निस्कासन पश्चात चुक्ता पुंजी ९ करोड रुपैया हुनेछ ।