असोज २४ गते । नेपालमा कोरोनाभाइरसका पाँच हजार आठ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १९ हजार ३२० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १९ हजार ३२० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार आठ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो ।