युट्युब अहिले विश्वकै सबै भन्दा ठुलो भिडियो स्ट्रिमिंग साइट हो । गूगलले एस्लाई आय आर्जन गर्ने स्रोत बनाई विभिन्न बिज्ञापन मार्फत ठुलो शेयर ओगटेको छ । यी सबै कुरा हरुलाई मध्यनजर राख्दै भविष्यमा सम्पूर्ण समानहरु खरिद गर्न सकिने गरी गूगलले आफ्नो प्रोडक्ट युट्युबलाई इ कमर्स साइटको रुपमा विकास गर्दै लैजाने योजना गरेको छ ।
अहिले धेरै जस्तो युट्युबरहरुले भिउजबाट इम्प्रेसनको बेसीसमा कमाउने र अमेजन , ईबे भएको देश छ भने बिभिन्न प्रोडक्टहरुको एफिलीयट लिंकहरु राखी बिक्रि गरेको पाइन्छ । गूगलले योजना अनुसार सिधै युट्युबमार्फत नै सामान खरिद गर्न सकिने ईकमर्श प्ल्याटफर्म इन्टिग्रेट गरी तेहींबाटै मिल्ने बनाउदैछ ।
एक रिपोर्टअनुसार (ब्लुम्बर्गको रिपोर्टमा) युट्युबबाटै सामान बिक्री गर्नका लागि गुगलले शपिफाइ कम्पनीसंग समायोजन गर्ने कार्य बढाईरहेको छ।
गुगललाई युट्युबमा थप शपिंग फिचर्स थप्न केहि गाह्रो छैन किनभए युट्युबमा संसार भरिका भिवर्स निकै एक्टिभ छन् त्यसमै खरिद गर्न मिल्ने हो भने निकै नै फाइदा हुने बताईएको छ र एसो गर्दा अमेजन र इबे जस्तालाई केहि हानी होला र ।