एभरेष्ट बैंक लिमिटेडले आफ्ना शेयर धनिहरुको लागि गत आर्थिक बर्षको संचित मुनाफाबाट १०.५३ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । जसमा ५ प्रतिशत बोनस शेयर र बोनस मा लाग्ने कर सहित ५.५३ प्रतिशत नगद लाभांश रहेको छ ।
चुक्ता पूजी ८ अर्ब ४७ करोड २ लाख ६ हजार ८ सय ३६ रुपैया रहेको यस बैंकले मिति २०७७/०७/०१९ मा बसेको संचालक समितिको ३२२ औ बैठकले उक्त लाभांश पारित गरेको हो । उत्त लाभांश नेपाल राष्ट्र बैंक को स्वीकृति र आगामी बार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण गरिने जनाएको छ ।