ज्योति लाईफ इन्स्योरेन्स कम्पनिले आज २०७७ कार्तिक २६ तेश्रो बार्षिक साधारण सभा २०७५/७६ सम्पन्न गरेको छ । कम्पनिले आफ्नै कर्पोरेट कार्यालय ज्ञानेश्वरमा सम्पन्न गरेको हो । साथै अन्य सेयर धनिलाई जूम एप मार्फत पनि सहभागी हुने ब्यबस्था मिलाइएको थियो ।
सभामा कम्पनीका संचालक, शेयरधनी, नियामक निकायका प्रतिनिधि, कार्यकारी प्रमुख, उच्च व्यवस्थापनका पदाधिकारी तथा कर्मचारीहरु लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
साधारणसभामा कम्पनीका अध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुतीको क्रममा आ.व.०७५/७६ मा प्रथम बीमाशुल्क तथा नविकरण शुल्कको विवरण कुल रु १,०१,७५,८८,०४९ ( अक्षरेपि रु एक अरब एक करोड पचहत्तरलाख अठासीहजार उनन्चास रुपैया मात्र) बीमा शुल्क संकलन गर्दै रु रु ६९,२४,६५,८६३ ( अक्षरेपि रु उनान्सत्तरी करोड चौविस लाख पैसठ्ठी हजार आठसय त्रिसठ्ठी रुपैया मात्र) को जीवन बीमाकोष समेत खडा गरेको र सम्भावित जोखिमको मुल्याङ्कन तथा व्यवस्थापन गर्दै कम्पनीले बिभिन्न बैंक तथा वित्तियसँस्थाहरुमा अल्पकालिन तथा दिर्घकालिन लगानी गरेको र जसको औषत प्रतिफल १०.५० प्रतिशत रहेको जानकारी गराउँदै यस आर्थिक वर्षमा कम्पनीले रु १८,७२,३२,०६१ खुद मुनाफा आर्जन गर्न सफल भएको उल्लेख गरिएको थियो।
साथै उक्त सभामा कार्यकारी प्रमुख श्री प्रकाश विक्रम खत्रीले पछिल्लो प्रगति विवरण जानकारी गराउने क्रममा ११७ वटा शाखा तथा उपशाखाहरु ७२ जिल्लामा आफ्नो ब्यवसायिक उपस्थिति जनाई जीवन बीमा ब्यवसाय गरि रहेको र साथै आ. ब. ०७५/०७६ मा कुल रु १०,७८,७४,७२६ वितरणयोग्य मुनाफा आर्जन गरि कम्पनीको प्रतिशेयर मुल्य रु १२०.७९ पुर्याई आघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा शेयर किताबी मुल्यमा समेत ११.१७ प्रतिशतले वृद्घि गर्दै बीमितलाई प्रदान गर्ने बोनस दरमा समेत उल्लेख्य वृिद्घ गर्न सफल भएको कुरा जानकारी गराउँदै संचालक समिति लगायत व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरु प्रति हार्दिक आभार ब्यक्त गर्दै आजको साधारण सभा सम्पन्न भएको हो ।