साताको अन्तिम कारोबार दिन नेप्से १०.८२ अंक अर्थात् ०.६३ प्रशितले बृद्दी भएको छ भने ४अर्ब ८२ करोड ६२ लाख ८६ हजार ५ सय ५१ रुपैया बराबरको शेयर कारोबार भएको छ।
तिन बर्ष पछि नेप्से १७ सय अंक कट्नु र कारोबार रकम पनि ४ अर्ब माथिनै हुनुलाई आम लगानी कर्ताले सकारात्मक रुपमा लिएको र आगामी आर्थिक कारोबार सकारात्मक हिसाबले अगाडी बढ्छ भन्ने बुझाई रहेको बुझ्न सकिन्छ। कोरोनको त्राश बीच शेयर कारोबार निरन्तर उकालो गतिमा बढ्नुलाई आम लगानिकर्तले अबको आर्थिक गतिबिधि सकारात्मक हिसाब र राज्यको स्पस्ट र सटिक निर्णय हुने भयो भने हरेक कुरा यसरीनै सकारात्मक हिसाबले अगाडी बढ्न सक्छ भन्ने विस्वास रहेको बुझ्न सकिन्छ।