नेपाल एसबिआई बैंकले आ-ब ७५/७६ को नाफाबाट आफना शेयरधनिहरुलाई लाभांश दिने घोषणा गरेको छ । मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ३.४७ प्रतिशत नगद गरी कुल ९.४७% लाभांश दिने निर्णय गरेको छ ।
२०७७ असार मसान्त सम्म चुक्ता पुँजी ८ अर्ब ९५ करोड ६२ लाख ५ हजार ५ सय ५४ रुपैयाँ रहेको यस बैंकले उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी २७ औ बार्षिक साधारण सभाले पारित गरे पशचात शेयर धनीहरुले पाऊने छन् ।