तिब्र उतार्चडाब बीच अन्तमा आज नेप्से २८.७९ अंकले बढेर १९९७ अंकमा बजार बन्द भएको छ। २८.७९ अंकको बढोत्तरीमा ८ अर्ब ८६ करोड ७७लाख १४ हजार ६ सय ८२ रुपैया बराबरको २ करोड ५१ लाख ९१हजार ३ सय १९ कित्ता शेयर किनबेच भएको छ।
यस दिन नेपाल लाइफ इन्सुरेन्स कम्पनी को (NLIC) ले कारोबार रकममा सबैलाई पछि पारेको छ। यस दिन यस कम्पनीको ३८ करोड ८४ लाख ८६ हजर ७ सय ७२ रुपैया बराबरको शेयर बिक्रि भयो भने नेपाल पुनर्बिमा कम्पनि (NRIC) को ३७ करोड ३४ लाख ११ हजार १सय ९ रुपैया र प्रभु बैंक लिमिटेड (PRVU) को ३६करोड ७१ लाख ३९ हजार ९ सय ३६ रुपैया बराबरको शेयर बिक्रि भयको छ ।